१५ मंसिर वीरगन्ज ।<span;> वीरगन्जका पत्रकार नरेश सर्राफको अल्प आयुमै निधन भएको छ । ३८ वर्षिय सर्राफको बिहीबार बिहान हृदयघातबाट मृत्यु भएको हो ।
बिहीबार बिहान मर्निङ वाक सकेर वीरगन्ज १६ नगवा स्थित आफै घरमा सामान्य व्ययाम गर्ने क्रममा सर्राफ अचेत भएर लडेका थिए । परिवारका सदस्यले तुरुन्तै नारायणी अस्पतालमा लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
झण्डै डेढ दशक देखि वीरगन्जमा रहेर पत्रकारिता गर्दै आएका सर्राफ , नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिल्ला कार्य समिति सदस्य र समाजबादी प्रेस संगठनका सचिवालय सदस्य समेत रहेका थिए । सगरमाथा टेलिभिजनका पर्सा संवाददाता रहेका सर्राफ , राष्ट्र सन्देश मिडिया प्रालिका अध्यक्ष पनि थिए ।मृतक सर्राफको आजै दिउसो रानिघाट स्थित श्रीसिया खोलामा उनको अन्त्येष्टि गरिएको छ । पत्रकार सर्राफको निधनमा नेपाल पत्रकार महासंघ पर्सा शाखा,माजबादी प्रेस संगठन नेपाल मधेश प्रदेश समिति , प्रेस युनियन पर्सा र समाजबादी प्रेस संगठन नेपाल पर्सा लगायतको संघ संस्थाले शोक बकत्ब्य प्रकाशित गरी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सम्बेदना प्रकट गरेको छ । पत्रकार सर्राफका श्रीमती र एक नाबालिक छोरी छिन ।
प्रतिक्रिया दिनुहोस् !