७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा झिनो मतले निर्वाचित भएका छन् ।
निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै राजकुमार विजयी भएका हुन् । २४ हजार २६० मत ल्याएर उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा सुरेन्द्रले २४ हजार १०९ मत पाए । चौधरी १५१ मतान्तरले पराजित भएका हुन् ।
मतगणना गर्दादेखि नै कहिले कांग्रेसका सुरेन्द्र अगाडि त कहिले एमालेका राजकुमार अगाडि हुँदै आएकोमा पछिल्लो समय सुरेन्द्रले अग्रता कायम गरेका थिए । तर अन्त्यमा राजकुमारले नै बाजी मारे ।
०७४ को निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका थिए । १५ हजार १६८ मत ल्याएर हरि नारायण विजयी हुँदा सुरेन्द्रले १३ हजार ८०१ मत ल्याएर दोस्रो भएका थिए । २०७४ सालमा तेस्रो स्थानमा रहेका एमालेका राजकुमारले १० हजार ९८६ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस् !