३० कार्तिक,पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा नेपाली कांग्रेस र एमालेका बागी उम्मेदवार बिच तालमेल भएकाे छ । बामलाेकतान्त्रिक गठबन्धका प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रकी शेखचान्द तारालाई धोका दिएर कांग्रेसले स्वतन्त्र उम्मेदवार प्रहलाद गुप्तासंग तालमेल गर्न गोप्य सहमती गरेको छ ।
सहमती अनुसार काङ्ग्रेसले प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फको मत स्वतन्त्र उम्मेदवार प्रहलाद गुप्तालाई दिने छ भने त्यसको बदलामा स्वतन्त्र उम्मेदवार प्रहलाद गुप्ता पक्षले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मत काङ्ग्रेसलाई दिने छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका प्रहलाद गुप्ता एमालेका छिपहरमाई गाउँपालिका अध्यक्ष एवम् एमाले पर्साका सचिव समेत रहेका छिपहरमाई गाउँपालिका अध्यक्ष मनाेज गुप्ताका हजुर बुवा हुन् । गाउँपालिका अध्यक्ष मनाेज गुप्ता कै डिजाईनमा कांग्रेससंग गाेप्य तालमेल भएकाे हाे ।
अध्यक्ष गुप्ता एमालेकाे आँखामा धुल्लाे झाेकेर प्रदेशसभा सदस्यमा आप्नाे हजुर बुवालाई जिताउन लागि परेका छन् । हुन त त्याे कुरा एमाले नेतृत्व सम्म पुगेपछि अध्यक्ष गुप्तासंग स्पष्टिकरण समेत साेधि सकेकाे छ । तर पनि उनकाे बानि ब्यवहारमा परिवर्तन आउन नसकेकाे स्थानियहरुले वताएका छन् ।
कांग्रेसका नेताहरुले आफ्नाे उम्मेदवारलाई जिताउन दिएकाे प्रलाेभनकाे भ्रममा परि आफ्नाे बाबा चुनाव जित्ने भ्रमका कारण अध्यक्ष गुप्ता सबै शक्ति परिचालन गरेकाे स्थानियहरुकाे भनाई छ । अध्यक्ष गुप्ताले आफ्नाे हजुर बुवा चुनाव जित्ने आशामा गाउँपालिकाकाे स्राेत साधान समेत परिचालन गर्न पछि हटेका छैनन् ।
सामाचार स्राेतका अनुसार अध्यक्ष गुप्ताले पनि कांग्रेसका एक नेतालाई झुठाे आश्वासन दिएका कारण पनि तालमेल सम्भव भएकाे वताइन्छ । गुप्ताले आर्थिक प्रलाेभनकाे साथै अगामी स्थानिय चुनावका कांग्रेसका उम्मेदवारलाई सघाउने झुठाे आश्वासनका कारण तालमेल सम्भव भएकाे हाे ।
याे तालमेलकाे कुरा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवारका जालिम मियाँले पनि प्रमाणित गरेका छन् । एक अन्तर्वताकाे क्रममा वाेल्दै उम्मेदवार मियाँले मनाेज गुप्ताकाे तालमेल कांग्रेससंग भएकाे वताएका हुन् । त्यसका कारण उनलाई पार्टी स्पष्टिकरण समेत साेधिसकेकाे उनले जानकारी गराएका छन् ।
हुन् त याे तालमेलकाे चर्चा क्षेत्र भरी नै छ । साथै अध्यक्ष गुप्ताकाे क्रियाकलापले पनि तालमेल भएकाे देखिएकाे स्थानिय मतदाताहरु वताउँछन् । उनी एउटा मत आफ्नाे बाबाकाे लागि र एउटा मत कांग्रेसकाे लागि मागिरहेका छन् ।
कांग्रेस र स्वतन्त्र उम्मेदवारकाे तालमेलकाे कुरा सार्वजनिक भएसंगै माओवादीकी प्रदेशसभा सदस्यमका उम्मेदवार ओलझेलमा परेकी छन् ।
प्रतिक्रिया दिनुहोस् !