२८ कार्तिक,पर्सा । स्विच अफ नेताको रुपमा परिचित पुर्ब कांग्रेसि नेता अजय कुमार द्विवेदी कांग्रेस बाट टीकट नपाए पछि पर्सा निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रूपमा चुनाबी मैदानमा उत्रेका छ्न ।
माछा छाप चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार दुबेदीलाई बाम लोकतान्त्रिक गठबन्धनलाई धोखा दिएर अधिकांस कांग्रेसिहरुले मत दिने आकलन गरिए पनि धरातलमा त्यो अवस्था नरहेको विभिन्न कोण बाट आकलन गर्न थालिएको छ ।
पद , लाभ र अवसरलाई प्रधान मानेका दुबेदीले पार्टी बाट बिद्रोह गरेको भन्दै मत माग्न हिडे पनि एक चोटि पार्टीले अवसर बाट बन्चित गर्दैमा दुबेदिले सैधान्तिक बिद्रोह भन्दा पनि पदको लागि बिद्रोह गरेको भन्दै केही दिग्ज कांग्रेसिहरुले दुबेदिको बहकावामा नपर्न आग्रह गर्दै बाम लोकतान्त्रिक गठबन्धन कै उम्मेदवारलाई नै सहयोग गर्न दवाब दिन थालेका छ्न ।
बाहिर जे सुकै हल्ला र चर्चा सुनिए पनि कांग्रेस पार्टीको आदर्श र सिद्वान्त प्रती प्रतिबद्ध कांग्रेसिहरुले पार्टी निर्णय बिपरित स्वतन्त्र उम्मेदवारलाई मत नदिनेमा सता गठबन्धन दलका नेताहरू आस्वस्त रहेको बताउछ्न ।
आफ्नो बोली र वचन प्रती कहिलै अडिग नरहने भोजपुरी उखान ” गइओ हु बछरुओ हु । ” जस्तै ब्यवहार गर्ने दुबेदी राजनीतिमा आए देखि नै लाभै लाभमा रहेको जस्तै बिरगंजको उपमेयर , सान्सद र पार्टी सभापति रहेको बेला कुनै गतिलो कार्य नगरेको , जिम्मेवारीमा हुदा सधै मोबाईलको स्विच बन्द गरेर बस्ने गरेकोले इनलाई स्विच अफ नेताको रुपमा पनि चिन्ने गरेको एक कांग्रेसिले बताए ।
बोली मिठो तर व्यवहार रद्दी गर्ने गरेको दुबेदीको व्यवहारले परिचीत केही कांग्रेसिले बताए अनुसार यस अघि बिरगंज महानगरमा बिजय सरावगी बाट मेयरमा पराजित भइ सकेपछि महानगर भित्र प्रतिपक्षको भुमिका खेल्नुको सटा सरावगी संग मिलोमतो गरि ५ बर्ष माहानरलाइ दोहन गरेकोले दुबेदिको आदर्श भनेको सुबिधा र पद हो ।
बाहिर बजारमा जेसुकै हल्ला फिजाइए पनि यस पर्सा निर्वाचन क्षेत्र न . १ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र जसपा गठबन्धनका उम्मेदवार प्रदिप यादव र सता गठबन्धनका उम्मेदवार लक्षुमनलाल कर्ण बिचनै मुख्य प्रतिस्पर्धा हुने देखिएकोले स्वतन्त्र उम्मेदवारको चक्करमा नपर्ने केही कांग्रेसिजनहरुले एक सम्बादमा सुनाए ।
प्रतिक्रिया दिनुहोस् !