राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारप्रसारमा प्रयोग भएको गाडी तोडफोड गरिएको छ । उक्त पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने चढेको गाडीमा ढुंगामुढा गरिएको बताइएको छ ।
इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा.१४च ७६८४ नम्बरको जीप तोडफोड भएको हो । लामिछाने घरदैलो कार्यक्रम गर्दै हिँडेको बेलामा उक्त तोडफोड भएको भनिएको छ ।
स्वतन्त्र पार्टीका समर्थकहरुले सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस् !