नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आगामी केही दिनभित्र कुनै चलखेल नभए आफ्नो जीत सुनिश्चित हुँदै गएको दाबी गरेका छन् । आज उनले सामाजिक सञ्जालमा लेख्दै त्यस्तो बताएका हुन् ।
उनले भारत र खाडी मुलुकमा रहेका डडेलधुराबासीले घरमा दिनहुँ फोन गरेर आफूलाई भोट दिन आग्रह गरेको उनले बताए । ढकालले आफूलाई जिताउन विदेशमा रहेका जिल्लाबासीलाई छिटो घर फर्कन भनेका छन् । ‘बूढी आमा’ ले आफूलाई नातिले फोन गरेर सुईमा मतदान गर्न दिएको सल्लाह सुनेपछि दङ्ग परेको भन्दै उनले फेसबुकमार्फत् खुशी व्यक्त गरेका छन् ।
आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ‘नातीले फोन गरेर सुइ र धारामा भोट हाल्न भन्याछ’ भन्नुभयो । निकै खुशी लाग्यो । आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा !‘ ढकालले फेसबुकमा लेखेका छन् ।
यसअघि उनले सामाजिक सञ्जालमार्फत आफूलाई चुनाव प्रचारमा रोक लगाइएको बताएका थिए । यस्तै, हाम्रो नेपाली पार्टी ‘लौरो’ अभियानले ढकाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !