२५ कार्तिक,सुर्खेत । चुनाव प्रचारको नाममा प्रयोग भएका सवारी साधनमा विभिन्न तरिकाले तस्करी हुन थालेको छ । नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरुको प्रचार गर्ने नाममा सुर्खेतमा काठ तस्करी हुँदै गरेको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको प्रचारमा प्रयोग गरिएको फ्लेक्स ब्यानर र झण्डाले छोपेर काठ तस्करी भएको हो । निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिसिभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीलगायतको प्रचार सामाग्रीले छोपेर चिरानी गरिएका काठ लैजाँदा गर्दा प्रहरीले पक्रेको बताइन्छ ।
उक्त क्षेत्रबाट प्रदेश सभामा काँग्रेसका कालीप्रसाद शाक्य र माओवादीका तर्फबाट विन्दमान विष्ट उम्मेदवार छन् । त्यसैगरी समानुपातिक उम्मेदवारहरुमा काँग्रेसका सञ्जुसिंह विश्वकर्मा, जानकी सिंह, लोकबहादुर विश्वकर्मा र माओवादीका हरिमाया शर्मा र देवीसरा विक छन् ।
काठ लोड गरिएको पिकअपको पछाडिको भागमा ठूलो ब्यानर झुण्डाइएको थियो भने दायाँ बायाँ काँग्रेस र माओवादीको झण्डा फहराइएका थिए ।
प्रतिक्रिया दिनुहोस् !