२४ कार्तिक,बारा । जति जति चुनावको मिति नजिकिदै छ त्यहीनै गतिमा बाराको निर्बाचन क्षेत्र नम्बर ४ मा चुनावमा होमिएका बाम लोकतान्त्रिकका उम्मेदवार प्रति बिभिन्न पार्टि परित्याग गरी समर्थन गर्ने क्रम बढेको नेकपा एकिकृत समाजबादी पार्टीका प्रचार बिभाग प्रमुख रमेश सुबेदीले बताए ।
यसैक्रममा आज विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
परवानिपुर गाउपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रवेश गरि १५० नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेका नेता अनवर आलम, जसपाका नेता प्रदिप यादव दिलिप लगायत रहेका छन् ।
नवप्रबेशीहरलाई बारा ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशान र नेकपा एकिकृत समाजबादीका पोलिट ब्युरो सदस्य तथा बारा इन्चार्ज दिनेश राईले टीका र खादा लगायर स्वागत गर्नु भएको थियो । सो अवसरमा श्रेष्ठले बारा ४ मा गठबन्धनको जित सुनिस्चित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् !