२४ कार्तिक । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधनपछि नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभामा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।
तर लिम्बूको सट्टा शेखरचन्द्रकी पत्नी लक्ष्मी थापालाई उम्मेदवार बनाउनुपर्ने माग राख्दै नेपाली काँग्रेसका कार्यकर्ताहरु आन्दोलित भएका छन् । उनीहरुले विरोधमा निर्वाचन अधिकृतको कार्यालय घेराउ हालेका हुन् । त्यसक्रममा काँग्रेस कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका छन् ।
थापाकी श्रीमती लक्ष्मीले टिकट नपाउञ्जेल आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । लक्ष्मीले टिकट पाए मन्त्री थापाको आत्माले शान्ति पाउने र सम्मान हुने उनीहरुको तर्क छ ।
निर्वाचन आयोगले हिजो जारी गरेको नयाँ निर्वाचन तालिकाअनुसार सो क्षेत्रमा उम्मेदवार दिने म्याद आज दिउँसो १ बजेसम्म मात्र थियो ।
प्रतिक्रिया दिनुहोस् !