२० कार्तिक,पर्सा । नेकपा एकीकृत समाजबादी बिरगंज महानगर वार्ड न :२६ का हिरा मिया अनसरी लाई पार्टीले कार्यवाही गरेको छ ।
बिरगंज महानगर वार्ड न :२६ को वार्ड कमिटीको बसेको बैठकले पार्टी हित बिपरित काम गरेको अनसारी लाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्यवाही गरेको हो ।
पार्टीको वार्ड अध्यक्ष सिहासन कुर्मीको अध्यक्षतामा बसेको बैठकले गत स्थानीय निर्वाचनमा पार्टीको तर्फ बाट वार्ड अध्यक्षका उम्मेदवार हिरा अन्सारी पार्टी र गठबन्धनको भवाना बिपरित गतिविधि गरेकोले पार्टीको सम्पुर्ण जिम्मेवारी बाट मुक्त गरेको पार्टीको क्षेत्रीय अध्यक्ष बृजलाल पासवानले बताए ।
बैठकमा पार्टीको बिरगंज महानगर अध्यक्ष मनोज चौधरी , क्षेत्र न : २ का क्षेत्रीय अध्यक्ष बृजलाल पासवान , प्रदेशसभा अध्यक्ष श्रीलाल साह , जिकस ध्रुब पटेल लागाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !