कुनै जमाना थियो, चुनावमा बागी उठ्ने उम्मेदवारको हविगतै खराब पारिन्थ्यो । तर अहिले समय बद्लेको छ । बागीको दिन आएको छ । अहिले तपाइँ कुनै पार्टीको बागी उम्मेदवार बन्छु मात्र भन्नुपर्छ विपक्षी पार्टीले आएर सर्लक्क समर्थन गरिहाल्छ ।
एमालेको बागी भए कांग्रेसको समर्थन, कांग्रेसको बागी भए एमालेको समर्थन । अझ मिल्छ भने त आफ्नो आधिकारिक उम्मेदवारलाई हटाएरै भए पनि बागीलाई समर्थन ।
पहिले पहिले यस्तो थिएन । बागी भनेपछि हालतै खराब हुन्थ्यो । तर अहिले बागी भनेपछि विपक्षीको लागि एक्का सरह नै हुन्छ । बागी बन्छु भन्ने हल्ला मात्रै चल्नुपर्छ विपक्षी पार्टीहरूको फोन आउन थाल्छ – बागी बन्ने हो ? कहाँ बन्ने ? हाम्रो उम्मेदवारलाई ब्याक गर्दिऊँ ?
देशमा प्रजातन्त्र आएपछि बागीहरूको पनि दिन आएको भन्नुप¥यो । हुन त प्रजातन्त्रै बागीहरूले ल्याएको हो । त्यसैले बागीहरूको दिन आएको होला । कारण त्यही पनि हुनसक्छ, यतिबेला देशैभरि बागीहरूको भाउ बढेको छ । पार्टीको आधिकारिक उम्मेदवारभन्दा पनि बागी उम्मेदवार महँगो छ । खै, भोलि चुनावपछि सरकारले बागीहरूले नै बनाउने हो कि ?
प्रतिक्रिया दिनुहोस् !