३ कात्तिक, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
झडपमा परी १० जना प्रहरी कर्मचारी घाइते भएका छन् । घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गनबाट १ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न ७ रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन् । झडप र प्रहरीको कारबाहीमा कति मजदुर घाइते भए भन्ने प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस् !