२३ असोज सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच प्रतिस्पर्धा हुने भएको छ ।
यादव र राउतले सप्तरीको एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । यादव पाँच वर्षअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।
अहिले डा. राउत एक्लै चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यादवले भने नेकपा एमालेसँग तालमेल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !