२३ असोज,कपिलवस्तु । कपिलवस्तुमा जसपाबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।
मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपामा अन्यौल भएको छ।
नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गर्न दलबलसहित हिँडेका सहसराम यादव बाटैबाट कांग्रेस पसेर उम्मेदवार बनेपछि जसपाले उक्त क्षेत्रमा उम्मेदवारी नै दिन पाएन।
केन्द्र स्तरमा दुई पार्टीबीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए। सोही अनुसार आइतबार बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए।
एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको छ।
दिउँसो १२ बजेसम्म एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे।
प्रतिक्रिया दिनुहोस् !