२२ असोज काठमाण्डौ । सत्तारुढ गठबन्धनबाट छुट्टिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।
आज अपरान्ह सीट भागबण्डामा भएको सहमतिअनुसार जसपाले पाएको १७ मध्ये १२ सीटमा उम्मेदवारको टुंगो लागेको हो ।
सहमतिमा एमालेले ३५ र जसपाले १७ सीटमा प्रतिनिधिसभातर्फ तालमेल गर्ने उल्लेख छ । यस्तै, प्रदेश सभातर्फ भने एमालेले ७० र जसपाले ४२ सीट लिने सहमति भएको बताइएको छ ।
यी हुन् जसपाका १२ उम्मेदवार :
सप्तरी –२ मा उपेन्द्र यादव, सिरहा–२ मा राजकिशोर यादव, सिरहा–४ मा वीरेन्द्र महतो, धनुषा–१ मा दीपक कार्की, धनुषा–२ गंगाराम यादव र धनुषा–४ मा महाजन यादव तोकिएका छन् ।
त्यस्तै सर्लाही–१ बाट प्रमोद साह, सर्लाही–४ मा राकेश मिश्र, बारा–२ बाट रामसहाय प्रसाद यादव, बारा–३ बाट रामबाबु कुमार यादव, पर्सा–१ मा प्रदीप यादव र पर्सा–२ मा सुरेन्द्र कुर्मी उम्मेदवार बन्ने पक्का भएको छ ।जआ
प्रतिक्रिया दिनुहोस् !