२१ असोज काठमाडौं । सत्तारुढ गठबन्धनबाट बाहिरिएर प्रतिपक्ष एमालेसँग सहकार्य गर्ने जनता समाजवादी पार्टी (जसपा)को निर्णयसँगै राष्ट्रिय राजनीति तीव्र ध्रुवीकरणमा जाने देखिएको छ ।
जसपा बालकोट पुगेपछि मधेसमा उसको प्रतिस्पर्धी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्ता गठवन्धनतिर नजिकिएसङ्गै राजनीतिक ध्रुवीकरणको सम्भावना बढेको हो ।
जसपा र एमालेका नेताहरु सीट भागबण्डा टुङ्ग्याउन बैठकमा जुटिरहेका बेला लोसपा नेताहरु सत्ता गठबन्धनको बैठक स्थल बालुवाटार पुगेका छन् ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक जसपा एमालेसँग सीट बाँडफाँटको अन्तिम तयारीमा रहेकै बेला लोसपा नेताहरु बालुवाटार पुग्नुलाई राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।
लोसपा नेताहरु शरदसिंह भण्डारी,अनिलकुमार झा,जितेन्द्र सोनालसहितको टिम अहिले बालुवाटारमै रहेको छ ।जआ
प्रतिक्रिया दिनुहोस् !