१३ असोज बीरगञ्ज । बीरगंजको सिमा प्रहरी चौकी बजार छप्कैयाका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरिक्षक अशोक बस्नेतले प्रधानमंत्री को पि.ए.को नाम भजाएर तस्करीको लाईन दिएरु रकम असुल गर्ने गरेको समाचार प्रकाशमा आएको छ ।
नेपाल प्रहरीको सिमा प्रहरी चौकी बजार छप्कैयामा कार्यरत वरिष्ठ प्रहरी नायव निरिक्षक अशोक बस्नेतले आफुलाई प्रधानमंत्री शेरवहादुर देउवाको स्वकिय सचिव (पि.ए) भानु देउवाको नातेदार भएको र आफ्नो कोही कसैले केही विगार्न नस्क्ने भन्दै छपकैया नाका भएर दिन रात तस्करी गराई रहेका छन ।
ब.प्र.ना.नि बस्नेतले खुल्लमखुल्ला तस्करीको लाईन दिदा पनी माथिलो तहको अधिकारीहरुले नियन्तण गर्ने प्रयास समेत नगर्दा बस्नेतलाई प्रधानमंत्री देउवाको सचिवालयको संरक्षण भएको सहज रूपमा अनुमान गर्न सकिन्छ ।
यस्ता प्रहरीलाई सिमा सुरक्षा र तस्करी नियन्त्रणमा खटाउनु भनेको राज्य संग वेइमानी गर्नु हो भनी हटकडी लगाएर जेलमा थुन्नु पर्ने भ्रष्ट्र प्रहरी बस्नेतलाई सिमा नाकामा रकम असुल गर्न खटाएर राज्य र कानुन माथी को उपहास गर्नु हो ।
सई बस्नेतले छपकैया नाकाबाट लालबाचा ,अनिल लगायत दर्जन बढि तस्करको समूहलाई कपडाको लाईन दिएका छन
प्रतिक्रिया दिनुहोस् !