११ असोज वीरगन्ज। विभिन्न चाड पर्व नजिकिए संगै प्रहरीकै मिलोमतो र संरक्षणमा बिरगंजको विभिन्न नाकाहरु बाट व्यापक तस्करी धन्दा मौलाएको छ ।
प्रहरीको माथिलो निकाय र युनिटहरुकै प्रत्यक्ष निर्देशनमा एनि हाउ पैसा कमाउमा लागेका मातहतका प्रहरीहरुको प्रत्यक्ष समलग्नताका कारण बिरगंजका विभिन्न नाकाहरुमा तस्करहरुको रजाइँ भएको छ ।
अबैध ढंगले हुने राजस्व दोहनलाई नियन्त्रण गर्नकै लागि सिमाहरुमा खडा गरिएको सिङ्गो युनिटनै अबैध करोबारीहरु संग मुद्रा मोचनमा लागे पछि बिरगंजका केही नामुद तस्करहरुको जयजय भएको छ ।
लामो समय देखि तस्करी धन्दामा रहेर नाम कमाएका मदन रुन्चे , हरेन्द्र पटेल,बली लगाएतका दर्जनौं तस्करहरु दिन्हु वीरगन्जको छपकैंया बाट खुलम खुल्ला कपडाका तस्करी गरिरहेका छ्न ।
ती तस्करहरू इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेतको निर्देशनमा कपडाको तस्करी गर्न लाइन पाएको बताइएको छ ।
तस्करहरु संग सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गरेको जनाइएको छ । यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन, कसलाई लाइन दिने,नदिने कसगं कति पैसा लिने,नलिने यादवको हाथमा रहेको छ ।
तस्करहरू दिनहु रातभरिमा ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत छपकैया हुदै सिमा नाका बाट बिरगंज कपडा ल्याउने र पछि वीरगन्ज हुँदै हेटौंडा , नारायणधाट र काठमाडौं सम्म पठाउने गरेका छन।
त्यस्तै ट्रान्सपोर्ट संचालक हरदेव यादव र उनका कारोबारी पार्टनर रूपमा अर्का कारोबारी ईमरान लगाएतका दर्जनौं तस्करहरु इनरुवा गाउँ नाका बाट इनरुवा गाउँ चौकीका प्रसनी बलबहादुर तामाङको मिलिभगतमा व्यापक कपडा र पटखाको तस्करी गरिरहेको छन ।
यसरी प्रहरीकै मिलोमतोमा अवैध तस्करी धन्धा मौलाइ रहे पनि त्यसपछिका नियमन गर्ने निकाय पनि मौन रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस् !