Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

डेंगु परीक्षणमा मनपरी शुल्क, २६०० रुपैयाँसम्म असुल्दै अस्पताल

admin
admin
September 20, 2022
डेंगु परीक्षणमा मनपरी शुल्क, २६०० रुपैयाँसम्म असुल्दै अस्पताल
400
SHARES
ShareTweetSubscribe

४असोज, काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने, आँखाको गेडी दुख्ने, ढाडको तल्लो भाग कट्कट् खाने, खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो ।

श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलिरहेका छन् । अस्पतालहरूले पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा प्रतिव्यक्ति ५०० देखि २६०० रुपैयाँसम्म उठाइरहेको विवरण अनलाइनखबरलाई प्राप्त भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारी कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने बताउँछन्, तर सरकारी प्रयोगशालाहरूले नै २६०० सम्म असुलिरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८००, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५०० लिइरहेका छन् । यसरी सरकारी प्रयोगशालाबाटै बिरामी ठगिएको देखिन्छ । डेंगु परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र भक्तपुर अस्पतालको छुट्टाछुट्टै दर छ ।

त्रिवि शिक्षण अस्पतालले ओपीडीमार्फत आउने सेवाग्राहीको डेंगु परीक्षण गर्दा १००० शुल्क लिने गरेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । भक्तपुर अस्पतालले ७५० र निजामती अस्पतालले ८०० लिने गरेको छ ।

निजीतर्फ सुमेरु अस्पतालले २४००, ग्राण्डी अस्पतालले २६००, स्टारले १८००, नर्भिक अस्पताल र भेनसले १२०० र हृयाम्सले १७०० लिने गरेका छन् ।

विज्ञहरू परीक्षण निःशुल्क गरेर व्यापक बनाए मात्र डेंगु प्रकोप नियन्त्रणमा आउने बताउँछन् । ‘धेरै मानिस लक्षण देखिए पनि महँगो शुल्कका कारण परीक्षणको दायरामा आएका छैनन्’ ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘परीक्षण निःशुल्क भए मात्र डेंगुको फैलावट रोक्न सकिने देखिन्छ ।’

निजी अस्पतालहरू गुणस्तरका आधारमा शुल्क दिंदै आएको दाबी गर्छन् । ‘हामीकहाँ अमेरिकन कीट प्रयोग हुने हुँदा डेंगु परीक्षण गुणस्तरीय र केही महँगो देखिएको हो’ निजी अस्पतालका एक कर्मचारी भन्छन्, ‘भारतीय कीट भए सस्तोमा पनि गर्न सकिन्छ ।’
स्वास्थ्य मन्त्रालय भन्छ : केही दिनभित्रमा शुल्क निर्धारण गर्छौं

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर निजी प्रयोगशालाले परीक्षण शुल्क २५०० सम्म लिनु गलत भएको बताउँछन् । परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढंगले शुल्क तोक्न र अनुगमनका लागि गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले बताए ।

स्वास्थ्यमन्त्री भवानी खापुङले भोलि सोमबारसम्ममा अनुगमन गरेर रिपोर्ट पेश गर्न निर्देशन दिएको र त्यसपछि परीक्षण शुल्क निर्धारण हुने प्रवक्ता डा. ठाकुरले बताए ।

कोरोना महामारीमा प्रयोगशालाहरूले अधिक शुल्क लिएका थिए । सरकारले शुल्क निर्धारण गरेपछि परीक्षण सहज बनेको थियो ।

तीन जना कोरोना र डेंगु दुवैबाट संक्रमित

दुई महिनामा डेंगुबाट २० जनाको मृत्यु भइसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । मृत्यु हुनेमा १४ वर्ष मुनिका ७ जना छन् । त्यस्तै, २० देखि ४० वर्षसम्मका १० जना र बाँकी ४० वर्षमाथिका छन् । मृत्यु हुनेमध्ये सबभन्दा धेरै काठमाडौं उपत्यकाका छन् ।

ईडीसीडीका अनुसार, मृत्यु हुनेमध्ये तीन जना डेंगु र कोभिड-१९ दुवैबाट संक्रमित थिए । अहिले देशभर डेंगु संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । आइतबारसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । ललितपुरमा ४ हजार ६०४ र काठमाडौंमा ४ हजार ४५४ जनालाई डेंगु संक्रमण भएको छ ।
काठमाडौंपछि मकवानपुरमा १ हजार ५९७, दाङमा ९९४, भक्तपुरमा ७१३, रूपन्देहीमा ६५९, चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ र काभ्रेमा १५२ जनामा डेंगु संक्रमण भएको छ । ईडीसीडीका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

प्रदेशगत डेंगु संक्रमित संख्या

प्रदेशसंक्रमित संख्याप्रदेश-१५०४मधेश प्रदेश२४२वागमती प्रदेश१२,४०१गण्डकी प्रदेश३२२लुम्बिनी प्रदेश२,४२२कर्णाली प्रदेश२०३सुदूरपश्चिम प्रदेश४९३

अझै एक महिना प्रकोप रहन्छ’
यो वर्ष असोज अन्तिमसम्मै डेंगु संक्रमण बढ्ने विज्ञहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार, काठमाडौं उपत्यकामा पहिल्यैदेखि रहेको डेंगु फैलाउने लामखुट्टे पछिल्ला वर्षहरूमा शहरीकरणसँगै झन् फैलिएको छ ।

लामखुट्टेका लागि शहरी वातावरण धेरै अनुकूल भयो । विशेषतः उष्ण क्षेत्रमा डेंगु फैलाउने लामखुट्टे वर्षैभरि हुर्किने गर्छ । अन्य क्षेत्रमा मनसुन पछि बढी हुर्किन्छ’ डा. बाँस्तोला भन्छन्, ‘पानी जमेर रहेको वा सफा पानीमा अण्डा पार्छ । यस्तो व्यवस्थाको सिर्जना मानिसले नै गरेका छन् ।’सरकारले सुरु गरेको लामुखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी हुनसकेको छैन । विज्ञहरू हप्ताको एक दिन, एक घन्टा छुट्याएर लार्भा नष्ट नहुने बताउँछन् ।

लामखुट्टेको टोकाइबाट बचेर मात्र हुँदैन, डेंगुसहित अन्य रोगहरू सार्ने लार्भा हुर्कने स्थान नष्ट गर्नुपर्छ’ डा. बाँस्तोला भन्छन्, ‘चिसो बढ्न थाल्यो भनेर हेलचेक्राईं गर्दा भयावह रूप लिन सक्छ ।’
परीक्षण शुल्क 

अस्पताल          डेंगु परीक्षण शुल्क       वीर५००राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला८००शुक्रराज ट्रपिकल तथा सरुवा रोग५००त्रिवि शिक्षण१०००सुमेरू२४२५ग्राण्डी२६२०
स्टार१८००नर्भिक१२००भेनस१२००हृयाम्स१७६०निजामती८००

अनलाइन खबर

Previous Post

काठमाण्डौको गोठाटारमा गोली प्रहारबाट सर्लाहीका लाल मोहम्मद घाईते

Next Post

राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापनाका लागि थप आन्दोलन गर्ने

admin

admin

Next Post
राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापनाका लागि थप आन्दोलन गर्ने

राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनर्स्थापनाका लागि थप आन्दोलन गर्ने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.