भानुहरूको सल्बलाहट रोकिएनमात्रै हैन, अब त नियम–कानुनसमेत धोती लगाएर मैँमत्त भएका छन् । आइजीपी राजु अर्याल अमेरिका गएकै मौका छोपेर हालै सशस्त्र प्रहरीमा त्यस्तो देखिएको हो ।
देशभरिको सीमा सुरक्षा सुक्ष्मतापूर्वक हेर्ने भनी सशस्त्रले पहिलादेखि नै हेडक्वार्टरमा अलग्गै विभाग खडा गर्न माग राख्दै आएको थियो । त्यसका तर्क, आधार र वस्तुस्थितिमाथि सरकारले अध्ययन गर्दै थियो । तर, देश चुनावमा होमिइसकेको बेला सट्याकसुटुक्क त्यही काम गरिएको छ ।
कुनै पनि संस्थामा दरबन्दी र विभाग थप्नका निम्ति संगठनात्मक संरचनाको अध्ययन (ओएनएम) गर्नुपर्छ । तर, यस्तो न्युनतम प्रशासनिक प्रक्रिया पनि पूरा नगरी हल्चोकमा सीमा सुरक्षा विभाग थपिएको छ । खासमा यो विभाग थप्ने काम सामान्य मामिलामात्रै हैन, एउटा अर्को विशिष्ट श्रेणीको दरबन्दी थप पनि हो ।
ठेकेदार भट्टहरूको आँखा विभाग हैन, व्यक्तिमा छ ।<span;>अहिलेकै वरिष्ठताक्रमलाई आधार मान्दा हालको ३ सहित थप एक डिआइजी पद रिक्त हुन आउँछ । जसमा पर्न २ महिनाअघि मात्र फुली थपेका प्रधानमन्त्रीका पिए भानु देउवाको बहिनी–ज्वाइँ दीपेन्द्र कुँवर खुट्टा उचालेर बसेका छन् ।
उपत्यका बाहिनीका वंशीराज दाहाल र बागमती प्रदेशका किशोर प्रधानमध्ये एक जनालाई बजेटमार्फत् सबैतिर १० प्रतिशत दरबन्दी काट्ने र नयाँ पद सिर्जना नगर्ने भनेको यही सरकारले यसअघि गुप्तचरमा पनि एआईजी एउटा पद व्यवस्थापन गरिसकेको छ । नीति नियम भन्ने कुरा यसरी हावादारी सावित हुँदैछ ।जआ
प्रतिक्रिया दिनुहोस् !