नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रूपमा बारा-४ बाट चुनाव लड्ने बताएका छन्।
सिमरामा मंगलबार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरूसँग कुरा गर्दै उनले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्न सक्ने बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको बताएका हुन्।
मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरूले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’, श्रेष्ठले भने।
यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले पाउने समझदारी भए पनि सत्ता गठबन्धनबीच सहमति भए आफू तनहुँ क्षेत्र नम्बर १ छोडेर बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको उनको भनाइ छ।
श्रेष्ठले बारामा वर्षौंदेखि उद्योग-व्यवसाय सञ्चालन गर्दै आएका छन्।सेपा
प्रतिक्रिया दिनुहोस् !