Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रेस काउन्सिल र पत्रकार महासंघका सुझाव कसले दबायो ?

admin
admin
September 9, 2022
प्रेस काउन्सिल र पत्रकार महासंघका सुझाव कसले दबायो ?
450
SHARES
ShareTweetSubscribe

२४ भदौ काठमाण्डौ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघलगायत सरोकारवालासँग छलफल नै नगरी संघीय संसदको राष्ट्रियसभामा दर्ता गरेको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक यो सरकारले पनि हठात अघि बढाएपछि एकपल्ट मत्थर भइसकेको विवाद फेरि बल्झिएको छ । विवादबीच विधेयक प्रतिनिधि सभामा पेश भइसकेको छ । ०७६ वैशाख २७ गते ओली सरकारले यस्तो विधेयक राष्ट्रिय सभामा पेश गरेको थियो ।

उक्त संशोधित विधेयक अहिले आएर भदौ १७ गते प्रतिनिधिसभामा पेश भएको छ । संशोधनका लागि दिइएको ७२ घण्टे समय पनि सोमबार सकिइसकेको छ । ओली सरकारले दर्ता गरेको यो विधेयकलाई महासंघ, प्रेस काउन्सिल एवं आम सञ्चार संस्थाले तीव्र विरोध गरेका थिए । विरोधपछि राष्ट्रियसभाको विधायन व्यवस्था समितिमा सबै सरोकारवालासँग छलफल भई संशोधनका लागि एक उपसमिति गठन गरिएको थियो । उपसमितिले सरोकारवालासँग गहन छलफल गरी समितिमा प्रस्ताव पेश ग¥यो । त्यसपछि समिति विधेयकमा केही संशोधन गर्न राजी भयो । यसरी संशोधित विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको थियो । २०७६ माघ २३ गते विधेयक प्रतिनिधि सभामा गएको हो । यही विधेयकमा पनि मिडिया काउन्सिललाई प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताअनुसार स्वतन्त्र र स्वायत्त बनाउन नसकेको भन्दै सरोकारवाला पक्षको गुनासो अझै बाँकी छ ।

हालसम्म हुँदै आएको अखबार वर्गीकरणको काम कसले गर्ने भन्ने टुंगो नै नलगाई प्रतिनिधिसभामा हालै पठाइएको विधेयकमा समेत नेपाल मिडिया काउन्सिललाई नेपाल सरकारको नियन्त्रणमा राख्ने खालका प्रावधानहरू बाँकी नै छन् । विधेयकको प्रस्तावनामा काउन्सिलको स्वतन्त्रतालाई सुनिश्चित नगरिएको अवस्था विद्यमान देखिएको छ । मिडिया काउन्सिल नाम पनि समय सापेक्ष देखिँदैन । सूचना प्रविधिको विकाससँगै इन्टरनेटमा आधारित विभिन्न मिडियाहरू प्रचलित रहेको सन्दर्भमा ‘प्रेस काउन्सिल नेपाल’ नै कायम गर्नुपर्ने माग उठेको छ ।

यता ‘उजुरीउपर जाँचबुझ र निर्णय’ अन्तर्गत उपदफा ४ को कारबाहीसम्बन्धी व्यवस्थामा ‘दर्ता प्रमाणपत्र खारेज गर्ने’ सम्मको कुरा छ । उक्त प्रावधान कुनै पनि सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारका आधारमा दर्ता खारेज गर्न नमिल्ने संवैधानिक प्रावधानविपरीत देखिन्छ । यस्तै पत्रकारका रूपमा काम गर्न चाहनेका लागि काउन्सिलले परिक्षा सञ्चालन गर्ने र सो परीक्षाको पाठ्यक्रम तथा अन्य व्यवस्था तोकिएबमोजिम हुने’ विधेयकको वाक्यांश पनि विवादमा परेको छ ।

काउन्सिलको काम, कर्तव्य, अधिकार’ अन्तर्गत (ज) मा आमसञ्चारमाध्यमबाट प्रसारित तथा प्रकाशित आचारसंहिता विपरीतका सामग्रीको सम्बन्धमा छानबिन र कारबाही गर्ने व्यवस्था राखिएको छ । जसलाई आचारसंहितालाई स्वनियमनको माध्यम नमानी ‘कानुन’ मान्न लगाउने प्रयासका रूपमा मिडिया कानुनका विज्ञ जानकारले टिप्पणी गरेका छन् ।

विधेयकको दफा ७ (३) मा अध्यक्ष तथा सदस्यहरूको सिफारिसका लागि गरिएको समितिको व्यवस्थासमेत विवादास्पद छ । समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको नेतृत्वमा मन्त्रालयले तोकेका एक वरिष्ठ पत्रकारसहित दुई व्यक्ति सदस्य रहने व्यवस्था छ । यस्तो सिफारिस समिति राखेर नियुक्त गर्दा काउन्सिलका अध्यक्ष र सदस्यहरूको नियुक्ति प्रक्रिया सिफारिसदेखि नियुक्तिसम्म पूर्णरूपमा मन्त्रालयको नियन्त्रणमा रहने खतरा देखिएको छ । यसबाट भविष्यमा सरकार वा मन्त्रालयले आफू अनुकूलका व्यक्तिलाई मात्र नियुक्ति दिने नियत छर्लंग हुन्छ । काउन्सिल र महासंघको सुझावअनुरूप प्रतिनिधिसभाका सभामुखको नेतृत्वमा विभिन्न पक्षलाई समावेश गरी स्वतन्त्र सिफारिस समिति गठन गर्नुपर्ने आवाज उठेको छ ।

सञ्चारमाध्यमले आचारसंहिता उल्लंघन गरेमा प्रकाशक, सम्पादक, पत्रकार तथा संवाददाताविरुद्ध समेत उजुरी दिनसक्ने व्यवस्था पनि व्यावहारिक र युक्तिसंगत देखिँदैन । सञ्चारमाध्यममा सम्प्रेषण हुने विषयवस्तुको मूल र अन्तिम जिम्मेवारी सम्पादकको हुन्छ । यसकारण पनि आचारसंहिता उल्लंघनका विषयमा सम्पादकलाई मात्र उत्तरदायी बनाइनु अर्थपूर्ण हुने आवाज उठेको छ । यस्तै दफा १० को काउन्सिलका अध्यक्ष तथा सदस्यहरूलाई उनीहरूको कार्यक्षमता अभाव भएमा, काम सन्तोषजनक नभएमा वा खराब आचरण भएमा सरकारले सीधै पदमुक्त गर्न सक्ने व्यवस्था पनि विवादित छ । यस्तो व्यवस्थाले सरकारले चाहेको अवस्थामा अध्यक्ष वा सदस्यलाई स्वार्थवश पदमुक्त गर्ने जोखिम छ ।

दफा १५ को प्रावधानले काउन्सिल स्वायत्त निकाय नभई मन्त्रालयकै कुनै विभागसरह मात्र रहन गएको आभाष दिन्छ । उक्त दफामा ‘अध्यक्षको पद रिक्त रहेको अवस्थामा मन्त्रालयले काउन्सिलका सदस्यहरू मध्येबाट कुनै सदस्यलाई कार्यवाहक अध्यक्ष तोक्न सक्नेछ’ भन्ने प्रावधान राखिएको छ ।

यसैगरी, दफा १९ मा रहेको आचारसंहिता उल्लंघनसम्बन्धी कुनै काम अन्य कानुनबमोजिम कसुर ठहर्ने भए काउन्सिलले सम्बन्धित निकायलाई लेखी पठाउनु पर्ने व्यवस्था पनि वस्तुनिष्ठ नरहेको गुनासो छ । समाचारको विषयवस्तुले कसैलाई केही असर परे सम्बन्धित व्यक्ति वा संस्था कानूनी उपचारका लागि अन्य निकायहरूमा जाने स्वतन्त्रता रहेको अवस्थामा काउन्सिलले नै लेखी पठाउने प्रावधान उपयुक्त नभएको गुनासो पत्रकारहरूको छ । काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदन मन्त्रालयमार्फत नेपाल सरकारलाई पेश गर्नुपर्ने प्रावधान पनि ठीक छैन । यसको सट्टा प्रतिनिधिसभाको सञ्चार हेर्ने समितिमा पेश गर्ने व्यवस्था गर्दा काउन्सिलको ओज बढ्ने सुझाव मिडियाका जानकारबाट आएको छ ।जआ-

Post Views: 118
Previous Post

निर्वाचन कार्यतालिका सार्वजनिक

Next Post

१५ बर्षिय किशोरी माथि सामुहिक बलात्कार

admin

admin

Next Post
बालिका बलात्कारको आरोपमा २ भारतिय पक्राउ

१५ बर्षिय किशोरी माथि सामुहिक बलात्कार

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.