१९ भदौ बीरगञ्ज । श्रोत नखुलेको ७ लाख नेपाली रूपैया सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ७ का ५० बर्षिय हरिनारायण प्रसाद कुर्मी रहेका छन ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी निरीक्षक प्रज्वल थपलियाको टोलीले सिमावर्ती भारतीय शहर रक्शौल बाट वीरगञ्ज तर्फ आईरहेको ना २८ प २८९० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाच गर्दा टंयाकी मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रूपैया ७ लाख बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
बरामद नगद सहित कुर्मीलाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा कार्यवाही अगाडी बढाईएको एसपी बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस् !