१९ भदौ काठमाण्डौ । भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमण आएका हुन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।
नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधान सेनापति शर्मासँग द्वीपक्षीय वार्ता गर्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिनेछन्।
नेपाल र भारत दुबै मुलुकले एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मान दिँदै आएका छन् ।
नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
पाण्डे गत वैशाखमा भारतीय सेना प्रमुख नियुक्त भएका थिए। अख
प्रतिक्रिया दिनुहोस् !