१९ भदौ काठमाडौँ। दाङमा टिकटक बनाउने क्रममा भिरबाट खसेरएक एक जना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
शनिवार राति ९ बजेतिर सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेको भिरमा टिकटक बनाउँदै गर्दा उक्त भिरबाट केसी खसेका थिए।
गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी गौतमले जनाए।
प्रतिक्रिया दिनुहोस् !