१५ भदौ, काठमाडौं । न्यायपरिषद बैठकले बाँके जिल्ला अदालतमा कार्यरत रहेका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो ।
बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी पर्नुको साथै हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा समेत तानिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !