१३ भदौ, काठमाडौं । सत्ता गठबन्धनले विधायन समितिमा पुगेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृतका विषयमा बहस नगर्ने रणनीति तय गरेको छ । सोमबार विधायन समितिको बैठक सुरु हुनुअघि सत्ता गठबन्धनमा रहेका समिति सदस्यहरुले यो रणनीति तय गरेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा आज र भोलि विधेयकमाथि छलफल सकेर जतिसक्दो छिटो राष्ट्रियसभामा पठाउने विषयमा एक मत भएर समितिको बैठकमा सहभागी भएका छन् । त्यसका लागि आवश्यक परे बहुमतबाट निर्णय गर्न मतदान गर्न पनि आफूहरु तयार रहेको सत्ताधारी सांसदहरुको भनाइ छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको चुनावलाई मध्यनजर गरेर जतिसक्दो छिटो विधेयक पारित गर्न समिति सदस्यहरुसँग आग्रह गरेका थिए, उनको भनाइमा कानुनमन्त्री गोबिन्द बन्दीले पनि समर्थन जनाएका थिए ।
छलफलमा सांसदहरु गोपी अछामी, गंगा बेलबासे, राधेश्याम पासवान, अनिता देवकोटा, जितेन्द्र नारायण देव, नारायणदत्त मिश्र, प्रकाश पन्थ,बेदुराम भुसाल र शेखर सिन्हा सहभागी थिए ।अख
प्रतिक्रिया दिनुहोस् !