१० भदौ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक आज बस्दैछ। बैठक ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन ,केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड ,स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन,सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियामवली,पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण र समसामयिक प्रस्तावहरूमाथि छलफल गर्ने कार्यसूची रहेको प्रचार विभागका प्रवक्ता विष्णु रिजालले बताए ।
हिजोको पोल्टिब्यूरोको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोर्याउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताएका थिए । केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस् !