२ भदौ बीरगञ्ज । बीरगञ्जको नारायणी यातायात कार्यालय बाट प्रदान गरिने सम्पूर्ण सेवा ठप्प भएको छ ।
सुबिसु फाइबरमा आगलागीपछि इन्टरनेटमा समस्या आएकाले कार्यालयले सेवा स्थगित गरेको बताइएको छ ।
आज दिँउसो १ बजेदेखि रि–ट्रायल, नवीकरण, ट्रायल पासको राजश्व, प्रतिलिपि तथा सवारी चालक अनुमतिपत्र प्रमाणीकरणलगायत कार्य अवरुद्ध भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् !