२ भदौ बीरगञ्ज । पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।
काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे एक आपसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी निरीक्षक अरबिन्द कुमारले छानबिनलाई जानकारी दिए।
मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्।
दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सविना लुंगेलीको चन्द्रपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि वीरगन्ज ल्प्रयाईएको निरीक्षक कुमारले बताए।
प्रहरीले बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरू गरेको छ।
प्रतिक्रिया दिनुहोस् !