१ भदौ बीरगञ्ज । वडा प्रहरी कार्यालय बिर्ताले आज दिउँसो बिल बिजक भन्दा बढि समान भएको एक कन्टेनर माइस्थान चौकबाट नियन्त्रणमा लिएको छ ।
उक्त ट्रकबाट बिल बिजक न भएको ५४ लाख ५ हजार ६ सय ३८ रूपैया बराबरको लत्ताकपडा बरामद भएको छ ।
वडा कार्यालय बिर्ताकोबाट खटिएको टोलीले बीरगञ्ज महानगर पालिका वडा नम्बर ६ माईस्थान चौकमा शंका लागि ना ६ ख ४३४५ को ट्रकलाई नियन्त्रणमा लिएर चेकजाच गर्दा बिल बिजक बिनाको ठुलो परिमाणमा लत्ताकपडा बरामद भएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रबक्ता प्रहरि नायब उपरिक्षक प्रल्हाद कार्कीले बताए । बरामद समान आवश्यक कार्यबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस् !