१ भदौ काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक शुरु भएको छ । पार्टी मुख्यालय आलोकनगर, मीनभवनमा पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको बताइएको छ ।
बैठकमा समसामयिक राजनीति, आगामी निर्वाचनलक्षित रणनीतिमाथि छलफल हुने बताइएको छ । अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा.बेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा र गंगालाल तुलाधर तथा पर्यटनमन्त्री एवम् पार्टी सचिवालय सदस्य जीवनराम श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !