३१ साउन बीरगञ्ज । नेकपा एकीकृत समाजबादी पर्सा निर्वाचन क्षेत्र न :२ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ ।
बिरगंज महानगरपालिका वार्ड न: २७ को टोल कुहडिमा सम्पन्न बैठकले संघीय निर्वाचन क्षेत्र न:२ अन्तरगतको प्रदेश निर्वाचन क्षेत्रहरुको बैठक तय गरेको छ ।
क्षेत्रीय समन्वय कमिटीको संयोजक बृजलाल पासवानको अध्यक्षतामा बसेको बैठकले सो क्षेत्र अन्तरगतका बाकी रहेका वार्डहरुको कमिटी गठन र भएका कमिटीहरुको पुनरगठन गर्ने निर्णय गर्नुको साथै भदौ ७ गते भित्रमा क्षेत्र भरिका नयाँ र पुराना सदस्यहरुको सदस्यता नवीकरण गरि सक्ने निर्णय गरेको छ ।
बैठकले मङ्सिरमा हुने संघ र प्रदेशको निर्वाचन केन्द्रित
अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकमा पार्टीको जिल्ला इन्चार्ज रामचन्द्र साह , जिल्ला अध्यक्ष बालगोपाल थापा , उपाध्यक्ष गङ्गा खडका ,पार्टीको केन्द्रिय सल्लाहकार समिति सदस्य प्रभु पासवान , प्रदेश कमिटी सदस्य रामेश्वर मन्डल लगाएतको उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !