२५ साउन काठमाण्डौ । ओखलढुंगामा एक जना सब–इञ्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय २ मा कार्यरत सब–इञ्जिजियर रामबाबु यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवले सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स नक्कली बनाएर सरकारी सुविधा लिएको अख्तियारको आरोपमा उल्लेख छ ।
तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुंगामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाले अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरअनुसार उनलाई कैद सजाय र जरिवानाको मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !