२३ साउन बीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा बन मन्त्री सत्रुघन महतोलेअझै पनि कृषिबँधुवाको रुपमाकामगरिरहेका हरवाचरवाको सवाल राजनितिकदलहरुको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिनु भएको छ । गत२०७९ श्रावण २ गतेका दिन २२ औं कमैया मुक्ति दिवशको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले एक बिशेष कार्यक्रमको आयोजना गरी हरवाचरवा मुक्ति घोषणा गरेका थिए । सोही सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवाचरवाअधिकार मंचको संयुक्तआयोजनामा२०७९ श्रावण २३ देखि २४ सम्म संचालन गरिने जिल्ला हरवाचरवाअधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुकालागि नेतृृत्वबिकास र जनवकालत शिप सम्बन्धी दुई दिने तालिमको उद्घाटन गर्दै मन्त्रीमहतोले उक्त कुरा बताउनु भएको हो । साथै उहाँले हरवाचरवाको समग्र सामाजिक र आर्थिक बिकासका लागि मधेस प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा बिशेष प्रस्ताव राख्नका लागिआफुले पहलकदमीलिनमाआफुले कुनै कन्जुस्याई नगर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि, राष्ट्रिय दलित नेटवर्कका केन्दीयअध्यक्षएवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयद्धारा गठित हरवाचरवा, मुक्तहलिया, कमैया र कमलरीको बस्तुस्थितिअध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुलुकमाअहिले संघीयता र समावेशी बिकासको अभ्यास थालनीभईरहेको परिपेक्षमाअझै सम्म पनि शोषणमूलक कुप्रथाको रुपमा रहेको कृषी बधुवा प्रणाली को अन्त्यन हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लाजमर्दो भएको कुरा बताउनु भयो । साथै उहाँले राज्यको संरचनात्मक रुपान्तरणको माध्यमबाट हरवाचरवाको सामाजिक, आर्थिक सशक्तिकरण मार्फत उनीहरुको मर्यादित जीवन सुनिश्चित गराउने पहिलो दायित्व राज्यको नै रहेको कुराको जिकीर गर्नुभयो ।
कार्यक्रमको उदघाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महोत्तरी जिल्लाअध्यक्ष कौशीलालयादब, द फ्रिडम फण्ड नेपालका कार्यक्रम सल्लाहकार जियमश्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवाअधिकार मंचका केन्द्रीय महासचिव लागिन्द्र सदा, दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक श्री सुनिलठाकुरले शुभकामना मन्तब्यब् यक्त गर्नुभएको थियो ।
राष्ट्रिय हरवाचरवाअधिकार मंचका केन्दीय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले सहभागिहरुलाई स्वागगत गर्दै कार्यक्रमको महत्व र औचियत्ता माथी प्रकाश पारेका थिए । उक्तकार्यक्रमको संचालन राष्ट्रिय दलित नेटवर्कका रुपनारायण पासवानले गरेका थिए ।
उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवाअधिकार मंचका पदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरु गरी ४० जनाको सहभागिता रहेको छ । सो तालिममा बर्तमान परिवर्तित सन्दर्भसंगै जनवकालत सिप, नेतृत्वबिकास, मानवअधिकारमुखी बिकास पद्धती, मुक्त हरवाचरवाको पुनस्र्थापनाको प्याकेज, सरोकारवाला बिश्लेषण सम्बन्धी छलफल भई हरवाचरवाको पुनस्र्थापनाको अभियानमा सहयोग पुग्ने ६ महिने कार्ययोजना समेत निर्माण गरिनेछ । सो तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका केन्द्रीयअध्यक्ष गणेश बिश्वकर्मा, द फ्रिडम फण्ड नेपालका कार्यक्रम सल्लाहकार जियमश्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराइ रकार्यक्रम सल्लाहकार ब्रम्हदेव रामले सहजीकरण गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस् !