१९ साउन बारा । निर्वाचन आयोगले मंसिर ४ गते संघिय एवम प्रदेशको निर्वाचन गराउन समय सिमा दिएको भएपनि केही समय थप गरि मतदाता नामवालीमा छुटेकाहरुको नाम समावेश गर्नका लागि कलैया स्थित दास गेष्ट हाउसको सभाहलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित सरोकार मंच नेपाल सप्तरीको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको थियो । मतदाता नामवली छुटेका दलित, महिला, जन्मसिद्ध नागरिकता भएका ब्यतिm, सिमान्तकृत समुदायका ब्यतिmहरुलाई बढी भन्दा बढी कसरी सहभागिता गराउन सकिन्छ भने उदेश्यका साथ पत्रकार सम्म्ेलन गरि समय सिमा अझै थप गर्न माँग गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले जानकारी दिए । निर्वाचन कार्यालय, ईलका प्रशासनहरुमा एक जना कर्मचारीको भरमा फारम भर्ने, रुजु गर्ने, फोटो खिच्ने जस्ता कामकाजले गर्दा भिडभाड बढी भई एक हप्ता सम्म पालो नै नपर्ने गरेका कारणले पनि मतदातामा ती बर्गहरुको नाम छुटन गएको सचिव पासवानले भने । निर्वाचित वडाअध्यक्ष , पालिका प्रमुखहरुले आफनो नजिकका ब्यतिmहरुलाई काखी च्यापी मतदाता नामवालीमा नाम समावेश गराउनुको साथ साथै राजनितिक दलहरुको पहुचको अधारमा समेत कामकाज भएको हुदापनि धेरै जनाको मतदाता नामवलीमा नाम छुटेको हो । खेतीपातीको समय देखि शुरु भएको हुदा खेतीपातीमा समाहित भएको हुदा मतदाता अभियानमा गरिब, दलित समुदायका ब्यतिmहरुको नामवाली छुटेको छ । जन्मसिद्धका अधारमा १६ लाख संन्तानले बंशजको नागरिकता पाउने भएको छ । नागरिकता ऐन २०६३ का अनुसार ४९ जिल्लाका १ लाख ९० हजार ७ सय २६ जनालाई जन्मसिद्ध नागरिकता वाडिएको हुदा समेत तिनीहरुको नाम मतदाता नामवलीमा समावेश भने भएको छैन । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार एवम बारा नागरिक समाजका अध्यक्ष समेत रहेका उमेशलाल दासले दलितहरुलाई अहिले पनि बिभिन्न बहनामा बिभेद, सोसनमा पार्ने कामहरु भईरहेको हुदा अधिकारका लागि दलित समुदायहरु एकजुट भई अगाडी बढनुपर्ने धारणा ब्यतm गरेका थिए । पत्रकारितामा पनि दलित समुदायका ब्यतिmहरु निकै कम रहेको हुदा आफनो समाजको उथ्थानका लागि पनि पत्रकारितामा दलित समुदायको सहभागिता बढाउनुपर्ने कुरामा जोड दिए । छुवाछुत अन्त्य गर्ने कानुन बन्यो,संविधानमा उलेख्य गरियो तर ब्यवहारमा लागु हुन नसकेको हुदा दलित समुदायका ब्यतिmहरुलाई झनै पिडा खेप्नु परीरहेको अध्यक्ष दासको भनाई रहेको थियो । कार्यक्रममा सहजीकरण राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाका सल्लाहकार पन्नालाल दासले गरेका थिए । पत्रकार सम्मेलनमा जिल्ला भरीका उलेख्य पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !