१८ साउन बीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम टोलीको सेटिङमा ईनर्वा गाउबाट तस्करको एक समूहले आजबाट तस्करीको लाइन पाएको बताइन्छ ।
बीरगञ्जको मुख्य भन्सार नाका र ईनर्वा गाउँबाट बिगत लामो समयदेखि कबाडको काम गर्दै आएका समूहले नै आजबाट प्रहरीको सेटिङमा लाइन पाएको श्रोतको दाबी छ । तस्कर समूहले जिल्ला प्रहरीको क्राईम टोली,प्रहरि चौकी ईनर्वा र अन्य सबै निकायलाई रकम बुझाएको बताइन्छ । रकम बुझाए लगत्तै भारतको रक्सौल बजार पुगेका तस्कर समूहले ठुलो परिमाणमा कपडाको ठुला ठुला गाठ ल्याएर सिमासंग सटैकै अहिर्वाटोलमा राखेका छन ।
र राती ११ बजेपछि ईनर्वा गाउहुदै साईकल र ठेलामा ल्याउने तैयारी भईरहेको एक कारोबारीले बताएका छन । राजश्वछली भित्रियाईएका समान ट्रान्सपोर्ट ब्यापारी मार्फत देशका बिभिन्न शहरमा लैजाने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस् !