Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सर्लाहीबाट तरकारीको बोरामा लुकाएर यसरी हुन्थ्यो लागूऔषध तस्करी

admin
admin
August 3, 2022
सर्लाहीबाट तरकारीको बोरामा लुकाएर यसरी हुन्थ्यो लागूऔषध तस्करी
400
SHARES
ShareTweetSubscribe

१८ साउन, काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले साउन पहिलो साता एकजना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लियो । तर उनलाई नियन्त्रणमा लिएर ब्यूरोमा उभ्याउनुको कारण पक्राउ गरेर मुद्दा चलाउनु थिएन ।

अनुसन्धान अधिकृतहरु ती व्यक्तिमार्फत काठमाडौंमा औषधिजन्य लागूऔषध भित्र्याउने गिरोहसम्मै पुग्न चाहन्थे । उनको सूचना अनुसार सुनसरी घर भएका २७ वर्षीय युवराज खड्काले लागूऔषध ‘डाइलेक्स डीसी’ उपलब्ध गराउने गरेका थिए । खड्काको सम्पर्क नम्बरलाई ट्रेस गरेर प्रहरीले ८ साउनमा ललितपुरको महालक्ष्मी–४, इमाडोलबाट उनलाई पक्राउ गरेको गर्‍यो ।

खड्का पक्राउ परेपछि अनुसन्धान अधिकृतहरुले उनी कहाँबाट लागूऔषध ल्याउँथे भनेर खोजी गर्न थाले ।सुरुमा अनविज्ञता जनाएका खड्काले सोधपुछका क्रममा दिदी तुलसा खड्काले आफूलाई लागूऔषध दिने गरेको खुलाए ।

ब्यूरोका अधिकृतहरुका अनुसार तुलसाको इमाडोलमा चिया पसल थियो । पसलबाटै प्रहरीले सोही दिन खड्कालाई पक्राउ गर्‍यो । ‘उनलाई पक्राउ गर्दा नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन १५० थान, डायलेक्स डिसी ६ बोतल, त्यसको खाली बोतल २८, डायलेक्स डिसी जस्तो देखिने तरल पदार्थ ३०० मिलिमिटर बरामद भयो,’ ब्यूरोका प्रमुख एसएसपी विकासराज खनाल भन्छन्, ‘उनले झण्डै डेढ वर्षदेखि लागूऔषध विक्रेताका रुपमा काम गरिरहेकी थिइन् ।’

अनुसन्धान अधिकृतहरुका अनुसार चिया पसलमा नियमितजसो आउने रौतहटका किशोर चौंलागाईंले उनलाई लागू औषधसम्बन्धी कारोबारमा ल्याएका थिए । प्रहरीलाई दिएको बयानमा तुलसाले आफूले प्रतिबोतल ७ सय रुपैयाँमा किन्ने र एक हजारसम्ममा विक्री गर्न सकिने बताएको भनेका छन् । ‘ग्राहक पनि (चौलागाईंँ) आफैं पठाइदिन्छु भनेको थियो,’ तुलसाको बयान छ, ‘मैले पनि भाइ युवराजलाई पनि ग्राहक खोज्न पठाउने गरेको थिएँ ।’

उनले पछिल्लो समय अन्य औषधिजन्य लागूऔषध पनि विक्री गर्न थालेको प्रहरी बताउँछ ।

एसएसपी खनालका अनुसार तुलसाले नाम लिएकी किशोर चौंलागाईंलाई १० साउनमा काठमाडौंको कागेश्वरी मनोहरा–९ बाट पक्राउ गरिएको थियो । स्रोतका अनुसार चौंलागाईंलाई सिन्धुपाल्चोक, पाँचपोखरीका मानबहादुर तामाङ र अर्का एक व्यक्तिले लागूऔषध उपलब्ध गराउने गरेको खुलेको थियो ।

ब्यूरोका एसपी योगेन्द्रकुमार खड्काका अनुसार पहिलो व्यक्ति तामाङलाई प्रहरीले उनको गोकर्णेश्वरस्थित घरबाटै पक्राउ गरेको थियो । ‘उनको साथबाट डायलेक्स डिसी १२७ बोतल बरामद भएको भयो’ खड्काले भन्छन् ।

जब प्रहरीले तरकारीमा लागूऔषध खोज्न थाल्यो…

प्रहरी स्रोतका अनुसार चौंलागाईंलाई लागूऔषध उपलब्ध गराउने दोस्रो डिलर थिए, सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षीया सन्तोष भन्ने विपिन कुसहवा ।

तरकारीको कारोबार गर्ने उनले काठमाडौंमा नियमितजसो औषधिजन्य लागूऔषध ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको थियो । ‘अनुसन्धान गर्दैगर्दा उनी १० साउनमा काठमाडौं आउन लागेको थाहा भयो, त्यसपछि कल ट्रेस गरिरहेका थियौं,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘कोटेश्वरमा आइपुग्ने वित्तिकै पक्राउ गर्‍यौं ।’

प्रहरी स्रोतका अनुसार जडिबुटीको पुल अगाडि प्रदेश २ ०३ ००१ च २५०९ नम्बरको गाडी आइपुग्ने वित्तिकै ब्यूरोको टोलीले घेरा हालेको थियो । ‘सुरुमा त उनीहरुले तरकारी ल्याएको भन्दै प्रहरीलाई अल्मल्याउन खोजे, तर पूर्वसूचना भएकाले सामान निकालेर हेर्‍यौं,’ एक प्रहरी अधिकृत भन्छन्, ‘दुई वटा बोरा खोलेर हेर्ने वित्तिकै लागूऔषधका बोतलहरु फेला परिहाले ।’

प्रहरीका अनुसार तरकारीको बोरामा लुकाएर लागूऔषध ल्याइएको भेटिएको यो पहिलो पटक हो । ‘प्रयोगकर्ता नसमातिएको भए तस्करीको यो शैलीबारे थाहै हुने थिएन, काठमाडौंमा लागूऔषध आएको आयै हुने थियो’ ब्यूरो प्रमुख एसएसपी विकासराज खनाल भन्छन्, ‘संख्यात्मक रुपमा पनि यत्रो लागूऔषध बरामद भएको यो सबैभन्दा ठूलो अपरेशन हो ।’

गाडीलाई नियन्त्रणमा लिएर ब्यूरोको कोटेश्वरस्थित कार्यालयमा ल्याएको जाँच थालेको प्रहरीले जनाएको छ ।

‘कार्यालयमा ल्याएर जाँच गर्दा ९४७ वटा डायलेक्स डिसी–१०० एमएलको बोतल फेला पर्‍यो’ एसएसपी खनाल भन्छन् । प्रहरी स्रोतका अनुसार यो खोकी लाग्दा खाने औषधि हो ।

२०५१ सालमा राजपत्रमा प्रकाशित सूचना अनुसार यस्तो औषधि ६० एमएलको मात्रै विक्री गर्न पाइन्छ, अरु प्रतिबन्धित छ’ ब्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईंले अनलाइनखबरसँग भने, ‘लागूऔषध प्रयोगकर्ताले चाहिँ यसैलाई बढी डोजमा खाने गरेका छन् ।’ यो औषधिले व्यक्तिलाई लठ्ठयाउने गर्छ ।

तरकारीबाट बरामद १०० एमएलको बोतल औषधिका रुपमा प्रयोग गर्न पनि प्रतिबन्धित छ । स्रोतका अनुसार सन्तोषको सर्लाहीस्थित गाउँका एकजना प्रयोगकर्ताले उनलाई भारतीय नागरिकसँग चिनजान गराइदिएका थिए । उनैसँग सम्पर्कपछि भारतबाट लागूऔषध ओसार्न उनले सुरु गरेको खुलेको छ ।

सन्तोषका अनुसार यही शैलीबाट उनले विगतमा पनि पटकपटक काठमाडौंमा लागूऔषध ल्याइसकेका थिए । ‘भारतबाटै तरकारीको बोह्रामा प्याक भएर सामान आउँथ्यो’ उनले भनेका छन्, ‘मैले भारु १०० मा आएको सामान काठमाडौंका ल्याएर ७ सयमा बेच्ने हो ।’

उनी स्वयम् पनि लागूऔषध प्रयोगकर्ता भएको प्रहरी बताउँछ । स्रोतका अनुसार पक्राउ पर्नु अघिल्लो दिन उनले सर्लाहीबाटै तरकारी किनेका थिए । त्यही दिन साहुसँगै भनेर गाडीको व्यवस्थापन गरेका थिए । ‘गाडी पाएपछि सीमावर्ती क्षेत्र धनकौलमा लगेर लागूऔषध मिसाइएको तरकारी लोड गरेको पाइएको छ,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले एक वर्षदेखि यो काम गरिरहेका थिए ।’

प्रहरीले कुशवाहसँगै गाडीका चालक सुभासराय यादव र मोहमद आसफाक आलमलाई पनि पक्राउ गरेको छ । प्रहरीले यही तस्करीको सञ्जालका बुद्धबहादुर बोम्जन र उनलाई लागूऔषध दिने सर्लाहीका रतन मोक्तान र दिपक श्रेष्ठलाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट १०० बोतल डायलेक्स डीसी बरामद भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

Previous Post

अख्तियारको हातमा ठूलो माछा, मधेशका मुख्यमन्त्री बाहेक मुख्यसचिवविरुध्द २० करोडको मुध्दा

Next Post

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

admin

admin

Next Post
मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.