१६ साउन काठमाण्डौ । साफ यू-२० च्याम्पियनसिपमा घरेलु टिम भारतले नेपाललाई फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालमाथि भारतले ८-० को जित हात पारेको हो।
भारतले पहिलो हाफमा एक गोल गरेको थियो। भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए।
दोस्रो हाफमा भारत आक्रामक बन्यो। भारतका लागि हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ७१ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
यस्तै टाइसनले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ६६ मिनेटमा गोल गरेका थिए।
भारतका लागि छैटौं गोल टंकधरले ७८ मिनेटमा गरेका थिए। यस्तै गुरकिरत सिंहले अन्तिम मिनेटमा गोल गरेका थिए भने शुभो पलले इन्जुरी टाइममा आठौं गोल गरेका थिए।
जितसँगै भारतले अन्तिम खेलअघि ६ अंक जोडेको छ। अन्तिम खेलअघि नेपालको पनि ६ अंक नै छ। शीर्ष स्थानको बंगलादेशको ९ अंक छ।
अब अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछ। अन्तिम खेल पर्सी मंगलबार हुनेछन्।
यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। भारत भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। उसले दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
शीर्ष दुईमा रहेर फाइनलमा पुग्नका लागि बंगलादेशलाई बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ।रासस
प्रतिक्रिया दिनुहोस् !