१२ साउन काठमाण्डौ । हिंसात्मक गतिबिधिको राजनीतिक बाटो अँगालेका सिके राउतको नयाँ नाम ‘आनन्द मैत्रय’ राखेसँगै उनी सन्न्यासी बनेका छन् । उनी काठमाडौँको रानीबनमा रहेको ओशो तपोवन ध्यान केन्द्रमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्न्यासी बनेका हुन् । नौ दिनको ध्यानपछि राउत एकाएक सन्न्यासी ‘आनन्द मैत्रय’ बनेका छन् ।
नेपाली शब्दकोशमा सन्यास शब्दको अर्थ, ‘सम्पूर्ण त्याग, परिपूर्ण समर्पण’ भन्ने बुझिन्छ । सन्यासीको अर्थ ‘सबै कुराको परित्याग गर्नु, वैराग्य, त्यागी, वैरागी, योगी’ भन्ने अर्थ लाग्छ । तर ओशो सन्न्यासीहरूले घरबार, आफन्त, पेशा छोड्न नपर्ने बताइएको छ । ओशो सन्यासी भएपछि आफूभित्रको इगो अर्थात अभिलाषा छाड्ने तर गरिरहेको अरू कुनै पनि काम छाड्न नपर्ने नियम रहेको बताइन्छ ।
राउत अध्यक्ष रहेको जनमत पार्टी तराईमा सक्रिय छ । हिंसात्मक गतिविधिबाट राजनीतिको बाटो अँगालेका राउत राज्यद्रोहको मुद्दामा जेल समेत बसिसकेका छन् । तर उनले नयाँ नाम धारण गरेर सन्न्यासी बने पनि उनको पार्टीले अपनाएको हिंसात्मक गतिविधि सदाको लागि त्यागे कि त्यागेनन् ? त्यो चाँही उनैले बताउनुपर्ने छ ।
राउत सन्न्यासी बनेका केही फोटाहरू सार्वजनिक भएका छन् । फोटामा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, पूर्व अभिनेत्री सोभिता सिम्खडा पनि सेतो वस्त्र र ओशोको तस्बिर अंकित माला लगाएर उनीसँगै बसेका छन् । सिम्खडा ओशोमा लागेको धेरै भइसकेको छ । केही साताअघि उहाँ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ओशोको रेष्टुरेन्टमा गफिएको भिडियो भाइरल भएको थियो ।जनआस्था
प्रतिक्रिया दिनुहोस् !