साउन बीरगञ्ज । पर्सामा ४ बर्षिय बालिका माथि सामुहिक करणी गरि हत्या गरेको अभियोगमा प्रहरीले ३ जना नाबालकलाई पक्राउ गरेको छ ।
भन्ने फरार ३ जनाको खोजीभईरेको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा एक ११ बर्षिय अर्का बीरगञ्ज महानगरपालिका २ छपकैयाका १९ बर्षका जफ्रुदिन भन्ने सलमान खान र बीरगञ्ज महानगरपालिका १६ का १८ बर्षका सलमान खान रहेको जिल्ला प्रहरि कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरि नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिएका छन ।
प्रहरिका अनुसार बालिकाको हजुरबुबाले साउन ५ गते बेलुकी ७ बजेदेखी बालिका हराइरहेको जानकारी प्रहरीलाई दिएपछि खोजतलासमा प्रहरि सक्रिय भएको थियो ।
खोजी गर्ने क्रममा २ दिन पछि साउन ७ गते प्रहरिले बालिकालाई बीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित खाली चौरमा रहेको झाडीबाट मृत अवस्थामा फेला पारेको जनाएको छ ।
शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाईएको र पक्राउ परेका अभियुक्तहरू बिरूद्व जबरजस्ती करणी तथा ज्यान समबन्धि कसुरमा ५ पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रबक्ता कार्कीले बताए । साथै उक्त घटनामा संलग्नको पहिचान भइसकेको हुदा निजहरूको खोजीभईरहेको प्रहरिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !