८ साउन बीरगञ्ज । सर्लाहीको हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित एकजना भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ प्रहरीले गरिएको प्रहरीले जनाएको हो ।
नक्कली नोट सहित पक्राउ परेका पासवानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !