६ साउन, हेटौंडा । नेपाल प्रेस युनियनले निर्वाचनमा उम्मेदवार दर्ताको लागि तोकिएको शुल्क घटाएको छ ।
<span;>निर्वाचन समितिले निर्धारण गरेको शुल्क अस्वभाविक बढी भएको भन्दै उम्मेदवारहरुले विरोध गरेपछि मनोनयन दस्तुर घटाइएको छ ।
<span;>अध्यक्षका उम्मेदवारका लागि २० हजार, अन्य पदाधिकारी सहित लेखा समिति संयोजकलाई १० हजार र सदस्यलाई पाँच हजार कायम गरिएको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।
समितिले यसअघि सार्वजनिक गरेको शुल्कमा अध्यक्षका उम्मेदवारलाई ३० हजार, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि २५ हजार, उपाध्यक्ष/उप महासचिव/सचिव/ कोषाध्यक्ष र लेखा समिति संयोजकलाई लाई २० हजार तोकिएको थियो ।
<span;>लेखा समिति सदस्य र केन्द्रीय सदस्यका उम्मेदवारलाई पाँच हजार तोकिएको थियो ।
उम्मेदवार दरखास्तका लागि बेलुकी ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए । मतदान शनिबारका लागि तय गरिएको छ ।
कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको आठ वर्षपछि महाधिवेशन भइरहेको छ । ९ औं महाधिवेशन हेटौंडामा शुक्रबार देखि सुरु भएको छ । निर्वाचनमा कांग्रेसको संस्थापन पक्षबाट अनिता विन्दू र इतरबाट शिव लम्सालले प्यानल बनाई प्रतिस्पर्धा गर्न लागेका छन् ।अनलाईन खबर
प्रतिक्रिया दिनुहोस् !