४ साउन काठमाण्डौ । विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने अभियानका साथ राजनीतिक सक्रियता बढाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ताको प्रक्रिया थाल्नुभएको छ । गौतम आफैँ संयोजक रहने गरि हिजो दिउँसो निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको हो ।
निर्वाचन आयोगमा पटक-पटक फोन गरेर दल दर्ताको प्रक्रियाबारे बुझ्नुभएका उहाँले यसअघि घोषणा गरेको ‘नेकपा (एकता राष्ट्रिय अभियान)’ पार्टी दर्ता गर्न निवेदन दिनुभएको र दर्ता नम्बर ६४ रहेको बताइएको छ । त्यस्तै, ३ वटा चुनाव चिह्न प्रस्ताव गरिएको बुझिएको छ ।
वामदेव निकट स्रोतका अनुसार पार्टी दर्तालगत्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकीकरण गरेर चुनाव जाने तयारीका साथ् छलफल चलिरहेको छ । नेकपा ब्युँताउने भनिए पनि तत्काल एमाले र माओवादी मिल्ने सम्भावना नरहेकाले समाजवादीमा मिसिएर त्यहीबाट एकताको पहल लिने गरि वामदेव र माधव नेपालको कुरा मिलेको बताइन्छ ।
त्यसैअनुसार तत्कालिन नेकपाको ९ सदस्यीय सचिवालयका पाँच जना पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्टले हिजो दोस्रोचोटी भेटघाट भएको थिए । तत्कालीन नेकपाको अन्तरसंघर्षमा एक ठाउँमा उभिएका बहुमत नेतहरुको छलफलमा एमाले र काँग्रेसको पछिल्लो निर्णय, नेकपा ब्युताउने वामदेवको प्रस्ताव, आगामी निर्वाचन, समाजवादी केन्द्र गठनको सम्भावना लगायतका विषयमा खुलस्त कुराकानी भएको बताइएको छ ।
तत्काल आ-आफ्नै पार्टीमा रहेर संयोजन समिति बनाएर वार्ता थाल्ने र निकट भविष्यमा एमालेसहित वाम गठबन्धन गर्ने गौतमको प्रस्तावमा अरु चार नेताले सहमति जनाएको वामदेव निकट एक नेताले बताएका छन् । उनका अनुसार चुनाव अघि नै त्यो सम्भव नहुँदा समाजवादीसँग एकीकरण गरेर चुनावमा जाने तयारीका साथ् दल दर्ताको प्रक्रिया अघि बढाईएको हो ।जआ
प्रतिक्रिया दिनुहोस् !