१ साउन बीरगञ्ज । सशस्त्र प्रहरीले ठूलो मात्रामा भन्सार छलीको कपडासहित मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित वीरगञ्ज पथलैया सडक खण्डबाट सशस्त्र प्रहरीले ६४ लाख १६ हजार २ सय ४० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको कपडा नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले चेकजाँचको क्रममा वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी कपडा बरामद गरेको हो ।
३५ लाखको ट्रकसहित ९९ लाख १६ हजार २ सय ४० रुपैयाँ बराबरको सामाग्री आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ
प्रतिक्रिया दिनुहोस् !