३२ असार काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णयको खारेजी गर्नुभएको छ ।
भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गर्दै हिजो राति अबेर विज्ञप्ति जारी गर्नुभएको हो । संस्थापन पक्षले पार्टीको विधान र पद्धतिअनुरुप नचलेकाले उनीहरुलाई कारबाही गरिएको प्रतिक्रिया दिएको छ ।
अध्यक्ष यादवसहितका नेताले गरेको कारवाहीलाई चुनौती दिँदै भट्टराईले विज्ञप्तिमा पार्टी रुपान्तरणमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनको निम्ति अपिल गर्नुभएको छ । ‘कारबाहीको घोर भत्र्सना गर्दै उक्त निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन,’ डा. भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको जानकारी गराउँदै उहाँले अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको, अवैधानिकरूपमा आफूलगायत सदस्यलाई पदमुक्त गरेको आरोप लगाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस् !