३१ असार काठमाण्डौ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावित अमेरिका भ्रमण रद्द भएको सत्तारुढ गठबन्धनका एक जना मुख्य नेताको दाबी छ ।
यस्तो दाबी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको हो । क्याबिनेटले एसपीपी अस्वीकार गर्ने निर्णय गरेसँगै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको उहाँले बताउनुभयो ।
एसपीपी यसअघि केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले त्यसलाई हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’, अध्यक्ष नेपालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस् !