Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सरकारले ६ दिनका लागि कुलदेव थापालाई बनायो गुप्तचरको एआईजी

admin
admin
July 15, 2022
सरकारले ६ दिनका लागि कुलदेव थापालाई बनायो गुप्तचरको एआईजी
450
SHARES
ShareTweetSubscribe

३१ असार, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् ।

शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदका लागि अनुसन्धान निर्देशक हुतराज थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल प्रतिष्पर्धामा थिए । उनीहरु १४ भदौ २०७४ मा अनुसन्धान निर्देशक पदमा बढुवा भएका थिए ।

सरकारले दोस्रो नम्बर वरियतामा रहेका थापालाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । हाल मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएपनि उनले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउनेछन् । राअविका हालका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।

राअवि स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका प्रकाश देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुप्तचर हेर्ने जिम्मेवारी पाएका सचिव लक्ष्मण अर्यालले उनलाई ६ दिनका लागि पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बनाउन लबइङ गरेका थिए ।

राअविका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले ९ वैशाखमा अवकास पाएपछि एक मात्र मुख्य अनुसन्धान निर्देशकको पद खाली थियो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुप्तचरको भावी नेतृत्वलाई पनि प्रभाव पार्ने भएकाले गुप्तचरमा अतिरिक्त अनुसन्धान निर्देशकको एक दरबन्दी थप गरेर दुईजनालाई बढुवा गर्ने तयारी छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गुप्तचरमा तीन मध्ये दुईवटा अतिरिक्त अनुसन्धान निर्देशकको दरबन्दी कटौती गरेको थियो ।

Post Views: 127
Previous Post

राजाबादी र संविधान मास्नेसंग जानौ: माधव नेपाल

Next Post

बारामा बलात्कार आरोपमा दुई नाबालक प्रहरि द्वारा पक्राउ

admin

admin

Next Post
बारामा बलात्कार आरोपमा दुई नाबालक प्रहरि द्वारा पक्राउ

बारामा बलात्कार आरोपमा दुई नाबालक प्रहरि द्वारा पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.