३१ असार बीरगञ्ज । जनता समाजबादी ( जसपा ) का अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको बताए ।
बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।
पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनु भयो, यो गलत थियो ‘ उनले भने, ‘ पार्टी विधान विपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चक्नाचुर भएको छ । प्रयास असफल भएको छ ।’
जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस् !