Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कमलो शरीरमा प्रिन्सिपलले हिर्काएको नीलडाम

admin
admin
July 13, 2022
कमलो शरीरमा प्रिन्सिपलले हिर्काएको नीलडाम
250
SHARES
ShareTweetSubscribe

२९ असार काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ठेचोमा रहेको लिटिल स्टार ईङलिश स्कुलका प्रिन्सिपल चक्र महर्जनले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटेका छन् ।

कक्षामा ५ मा अध्ययनरत एक विद्यार्थीलाई उनले निर्घात कुटपिट गरेका हुन् । प्रिन्सिपल महर्जनले फलामको स्केलले मर्नेगरी कुट्दा ती बालकको शरीरभरि चोटपटक लागेको छ ।

दुई साताअघि स्कुलमा साथीसंग चल्दा बालक मुखबाट ‘चुडेलनी’ भन्ने शब्द फुत्कियो । साथीले शिक्षिकालाई गएर कुरा लगाइदिएपछि प्रिन्सिपलले रामधुलाई हुने गरी पिटे ।

फलामको स्केलले कुट्दा बालकको पेटमा चोट लागेको छ । शरीरको अगाडि र पछाडि भागमा स्केलको डाम बसेको छ । स्केलको धारले काटिएको घाउ पनि देखिन्छ । पाटन अस्पतालमा गरेको मेडिकल जाँचले उनको घाउ अत्यन्तै गम्भीर भएको पुष्टि गरिसकेको छ ।

पीडित पक्ष न्यायका निम्ति लगातार तीन दिन प्रहरी चौकी गएपनि कारबाही अघि बढाइएन । उल्टै प्रहरीले थर्काएर पठाएको बालककी फुपु शोभा खड्काले बताइन् ।

पहिले चापागाँउ प्रहरी चौकी पुगेका पीडित परिवारको जाहेरी लिन प्रहरीले मानेन् । जाहेरी लेखिदिनुभन्दा प्रहरीले भलिभाती भनेर थर्काउदै फिर्ता पठाएको उनको भनाइ छ ।

त्यसपछि पीडित परिवार महानगरीय प्रहरी परिसर, जावलाखेल पुगेका थिए । त्यहापनि पीडकलाई संरक्षण दिन खोजेपछि पीडित पक्षले मिडिया बोलाउने चेतावनी दिएका हुन् ।

११ वर्षीय बालकको कमलो शरीरमा निर्घात कुटपिट गरेका प्रिन्सिपलले भने यो घटनालाई ढाकछोप गर्न मेलमिलाप गरेको खुलेको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेकाले उनलाई बचाउ गर्न खोजिएको हो । उनको मुद्दा मिलाउन चापागाँउ प्रहरी चौकीमा कांग्रेसका अन्य नेता र कार्यकर्तासमेत पुगेका थिए ।

प्रिन्सिपल महर्जनले बालकलाई १० कक्षासम्म निःशुल्क पढाइदिने भन्दै मिलापत्र कागजातमा हस्ताक्षर गरेको पाइएको छ ।

पीडित पक्षले कारबाही हुनुपर्ने माग गरेपनि दबाबमा कारण मिलापत्र गर्न बाध्य भएका हुन् । ‘हामीले मिलापत्र नगर्नेभन्दा पनि दबाब दिएर कागजातमा हस्ताक्षर गर्न लगाइयो’, फुपु शोभाले भनिन् ।

भन्छिन्,‘नेपालमा न्याय पाउन गाह्रो रहेछ । मिलापत्र गरेर यो मुद्दा टुंगाइसकेको छ ।’

विद्यार्थीलाई नकारात्मक व्यवहार गर्नु र चोट लाग्ने गरि पिट्नु बाल अधिकारको हनन र कुटपिटको समेत फौजदारी मुद्दा हो । फौजदारी मुद्दामा मेलमिलाप गर्न मिल्दैन् । फौजदारी अपराध मेलमिलाप गर्ने र गराउनेसमेत अपराधको मतियार हुन सक्छन् ।

यता, प्रिन्सिपल महर्जनसंग यसबारे बुझ्न खोज्दा उनले फोन उठाएनन् ।जनआस्था

Post Views: 125
Previous Post

काठमाडौंको भृकुटीमण्डपमा भिषण आगलागी

Next Post

राजविराजका मेयरमाथि भ्रष्टाचार मुद्दा,कुर्सी सम्हालेको दुई महिना नपुग्दै निलम्बित

admin

admin

Next Post
राजविराजका मेयरमाथि भ्रष्टाचार मुद्दा,कुर्सी सम्हालेको दुई महिना नपुग्दै निलम्बित

राजविराजका मेयरमाथि भ्रष्टाचार मुद्दा,कुर्सी सम्हालेको दुई महिना नपुग्दै निलम्बित

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.